यदि म बच्चा नै भएको भए ? – दामोदर ज्ञवाली
आज म एउटा ठूलो समस्यामा फसेको छु । चिन्तित छु मनमनै आफैले आफैलाई गाली गर्दै छु । साथसाथै आफै सम्झाउदै पनि छु । किन तँ यस्ता समस्यादेखि डराउँछस्, यस्ता समस्या जिन्दगीमा कति पर्दछन् कति । जिन्दगी सङ्घर्षमय हुन्छ । सङ्घर्षबिनाको उपलब्धि टिकाउ हुँदैन आफैले उत्तर दिन्छु । सङ्घर्ष गर । आफ्ना समस्या बाँध । मनमा गुम्साएर नराख विस्फोट होला विष्फोट हुन्छ आफ्नो चित्कार मसीबाट पनि त प्रस्तुत गर्न सक्छस् यो कापी र मसी तेरो लागि चौतारो बन्नसक्छ । सोच् तँ अब ठूलो भइस् । तैले अनेकौ समस्याको पछि लाग्नु पयो अनेकौं बाटामा तगारा लागे, तर भाँच्न सकिनस् । मन कठोर बना । प्रयास गर। एकचोटि नभए अर्कोचोटि त ती तगाराहरु भाँच्न सक्छस् नि । असफलता नै सफलताको चिन्ह हो भनेर आफ्ना मनका छाल र तरङ्गले मलाई यसो भन्दै थिए। मैले झल्याँस्स नयाँ कुरा देखें, भतिजो लगायत उसका बाह्य साथीहरु त भुनुनुनु चरी सानीमाकी छोरी खेलिरहेका थिए । मैले आफ्नो जीवन र उनीहरुको जीवन मनमनै तुलना गरें । आफैलाई भनें, तँ पनि त उनीहरु जस्तै थिइस्, खाना नमिठो भए लात हानेर हिड्थिस् । साथी सँगसँगै खेल्थिस्, सधैं खेलिस् पढ्दैनस् भनेर गाली गर्दा तँलाई कुनै महसुस हुँदैनथ्यो, तर आज तँलाई भन्ने मान्छे पनि त छैन । तँलाई कसैले गाली पनि त गर्दैन । तर तँ किन टेन्सनमा हुन्छन् ? किन जिन्दगीप्रति विरक्त छस् ? जीवनको सदुपयोग गर, दुरुपयोग नगर। तँ कस्तो यति पनि सोच्न सक्दैनस् । एउटा सडकमा फालेको कागजको टुक्रा पनि त पुनः कापी बनाएर लेख्नसकिन्छ । यही कागज आज तेरो चौतारो बनेको छ । तेरो जिन्दगी पनि त पुनः सप्रनसक्छ । प्रयास गर तैले अभ पनि तँ सम्झन्छस् तँ बाल्यकालमा गोरु चराउन जाँदाखेरी सँगै खेल्ने साथीलाई कुनै लोभ थिएन, कति सहयोगी थिए । कति स्वच्छ मित्रता थियो । सँगै काफल चोरेर खाएको कुरा कसैसँग भन्दैनथे । कति विश्वासिला थिए । एउटा अमिलो र काक्रो पनि त बराबर भाग लगाएर खान्थे । कति समानता थियो । प्रत्येक आफ्नो पालामा खानेकुरा लानु पर्थ्यो, तँ सानो बालक छँदा आमासँग सानो डोको र नाम्लो लिएर घाँस काट्न जाने गर्दथिस्, कति फुर्तिलो थिइस् काफल र खल्लुकका रुखमा चाहानें थिइस् । डाँडाको बुढो काफल कस्तो भयो तैंले देखेको छस् । यही बजारमा भयो तैले देखेको छस् । यही बजारमा बसेको छस्, सुनेको छस् मोटरको आबाज अनेकौ समस्याको पछि लागेर सोचेको छस् यदि तँ बच्चा नै भएको भए कति सन्तोषको जिन्दगी बिताउने थिइस् होला ?
First published by Rupandehi Campus in Sadhana वार्षिक मुखपत्र in 2003