वातावरणीय प्रदुषण संरक्षणमा युवा वर्गको भूमिका – सन्तोष पुन

वातावरणीय प्रदुषण संरक्षणमा युवा वर्गको भूमिका – सन्तोष पुन

परिचय :

सामान्य रूपमा भन्दुपर्दा हाम्रो पृथ्वी वरपर पाईने हावा पानी, खनिज पदार्थहरू, माटो वायुमण्डल र जीवित प्राणो लगायतका सम्पूर्ण कुराहरूको सामुहिक परिवेश न वातावरण हो वातावरणले मानव जीवनका सबै पक्षहरु लाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव पारिरहेको हुन्छ अर्को शब्दमा भन्नु पर्दा जोव तथा जोवमण्डलको विकासमा असर पार्ने सम्पूर्ण वाह्य स्थितिलाई वातावरण भनिन्छ ।

वातावरणीय प्रदुषण :

वातावरण सन्तुलन कायम राख्नमा पृथ्वीका सर्व सजीव तथा निर्जीव वस्तुहरूको आ-आफ्नो योगदान रहेको हुन्छ तर हाल आएर विश्वभरी न जनसंख्याको वढदो प्रभावले प्रकृतिको सन्तुलन खलबलिएको छ । वातावरणीय सन्तुलन कायम राख्ने आवश्यकीय तत्वहरूको विनाश भई कृत्रिम तत्वहरूको सृजना गर्नमा मानव जाति तल्लिन रहेको छ । यसरी वातावरणीय सन्तुलन विद्यार्ते काम मानवद्वारा नौ भैरहेको छ विश्वमा रहेका वनजंगलका रूख हरूको फडानीवाट प्राकृतिक प्रकोप, वर्षातमा कमी, मोसमा अनिश्चितता, पानीका मुहान सुक्ने आदि समस्याहरू देखिएका छन् अझ यातायात र उद्योगको बढदो क्रमले त शहरी क्षेत्रमा फोहर मैला, आवाज, धुवाँ एवं धुलो बढन गई मानव सामाजलाई ज्यादै पिरोलिरहेको छ । नवीन यान्त्रिक उप करण एवं इन्जिनको अन्बान्ध प्रयोगले वातावरणीय समस्या थपिदै छन् शहरो क्षेत्रमा अढाई नअटाई रहेको अनियन्त्रित जनसंख्यालाई पर्याप्त शुद्ध खानेपानी उपलब्ध हुन नसक्नाले विभिन्न किसिमका रोगव्याधिको प्रकोप वढने, फोहोर मैलाको अव्यवस्थित त्यागबाट खोलानाला, वाटोघाटो दुर्गन्धित रदूषित हुन स्वच्छ हावा सास फेर्न समेत नपाई मानव सामाजमा उकुस मुकुसका वातावरणमा रूमलिन पुगेको छ । विश्वमा बढदै गइरहेको आणविक हतियारको होडवाजी औद्योगिकरणको फलस्वरूप बायुमण्डलमा फैलिएको कार्बनडाईअक्साईड, सल्फरडाईअक्साईड र नाइट्रोजन अक्साईड पानीमा मिसिनाले पृथ्वीले भोग्नु परेको आम्लिय वर्षा, सूर्यको वढदो तापक्रमले पृथ्वी को तापक्रम बढदै गएको यसवाट समुद्री सतह बढनाले ओजन तहको विग्रदो अवस्थाले आखा, छाला र पानी सम्बन्धी रोगहरूको प्रकोप वढन गई विश्वमा वातावरण प्रदुषित बन्दै गइरहेको छ । यसरी वातावरणीय प्रदुषण वढदै गएमा मानव जातिको अस्तित्व लोप हुन केही समय पनि नलाग्ने विश्वका वैज्ञानिकहरूले अनुमान गरेका छन् ।

नेपालको वातावरणीय समस्या :

भूगोलशास्त्रीहरूले नेपाललाई प्रकृतिको एक सुन्दर एवं मनमोहक, भूपरिवेष्ठित हिमाली राज्यको रूपमा परिभाषित गरेका छन् । नेपालको प्राकृतिक एवं सांस्कृतिक वातावरणले यहाँको विकास प्रणालीमा महत्वपूर्ण स्थान लिएको छ । तर केही वर्ष यता नेपालको राजनीति र आर्थिक स्थिति कमजोर हुदै जानाले नेपाली जनताहरू गरिव हुदै गइरहेका छन् । नेपालको गरिवी न यहाँको वातावरणीय समस्याको जड रहेको छ । नेपालमा प्रत्येक वर्ष हजार भन्दा धेरै युवाहरु बेरोजगारीको खाडलमा फस्न वाध्य हुने र घरायसी समस्यालाई पनि सुल्झाउनका निमित्त नेपालका प्राकृतिक सम्पदा हरुलाई नष्ट गर्न तल्लिन रहेका छन् । यसरी नेपाली रमणीय वातावरण माथि मानिसहरूको विवेकहीन हस्तक्षेप र शोषणको परिणाम स्वरूप प्रकृतिको काखमा सदियौदेखि लट्पुटिएर जलप्रदुषण, वायुप्रदुषण तथा ध्वनिप्रदुषण जस्ता पर्यावरणीय विषमताहरू दिनप्रतिदिन झन् झन् मौलाउदै गएका छन् ।

हाम्रो देश नेपालको तत्थ्यांक अनुसार प्रतिवर्ष ५० लाख ४० हजार में. टन कार्बन डाईअक्साइड (CO2) निस्किरहेको छ । जसमध्ये जंगल फडानी एवं तत्सम्बन्धी क्रियाकलापवाट ७८%, दाउरा वाल्ने प्रक्रियावाट १२/- र पेट्रोलियम पदार्थको जलन क्रियावाट १०% उत्पन्न हुन्छ । त्यस्तै नाइट्रोजन अक्साइडका वार्षिक प्रकोप दर करीब २४ हजार ५ सय मेटन छ । जसमध्ये दाउराबाट ६७% र बाँकी ३३/- सवारी साधन, उद्योगधन्दाबाट उत्पन्न हुने गर्दछ ।

यस प्रकार नेपालमा प्रतिव्यक्ती वायु प्रदुषका स्थिति नियालेर हेर्दा कार्बन डाईअक्साईड २७० कि. ग्रा., नाइट्रोजन अक्साइड १.३३ कि. ग्रा.सल्फा अक्साइड ०५.२ कि. ग्रा., कणिका ४.२७ कि. ग्रा. मिथेन १३० कि. ग्रा.- पर्दछ ।

यसरी अनियन्त्रित रूपमा बढदै गइरहेको वातावरणीय प्रदुषण माथि समयमै नियन्त्रण गर्न सकिएन भने, छिटै न हाम्रो देश नेपालको राजधानी काठमाण्डौमा पनि मेक्सिको सिटीको जस्तो अवस्था नआउला भन्न सकिन्न ।

वातावरणीय समस्याका कारणहरू :

माथि उल्लेख गरिएबाट विश्वका सवै राष्ट्रहरू वातावरणीय समस्या
वाट ग्रसित छन् । यो समस्यालाई समयमै निराकरण गर्नमा सबैले आ-आफ्नो ठाउँबाट सक्दो योगदान पु-याउनु आवश्यक छ । वातावरण समस्या आजको विश्वको साझा समस्या हो भने यो समस्या उत्पन्न गराउनमा पनि अरू कोही नभई स्वयं मानिस नौ जिम्मेवार रहेको छ । वातावरण विनाशका कारकतत्वहरूमा प्रमुख रूपमा निम्न तत्वहरूलाई लिन सकिन्छ ।

• जनसंख्या बृद्धि

• वनजंगलको विनाश

• अव्यवस्थित शहरीकरण र औद्योगिकरण

• वढदो सवारीका साधनहरू

माटो तथा भू-प्रदुषण

• फोहोर मैलाबाट उब्जेको समम्या

• ओजन तहको विनाश

• यातायातजन्य प्रदुषण

वातावरण प्रदुषणमा युवाहरूको भूमिका :

संसारको सबै जसो देशमा अझ विशेष गरेर विकासोन्मुख देशमा युवा वर्गको भूमिका अत्यन्तै गहन र निर्विवाद हुन्छ । राष्ट्रको समुन्नति, निर्माण, विकास र आधुनिकीकरणमा युवा समुदायले कटीन भन्दा पनि कठीन भूमिका भाई देशको विकास गर्न सक्दछन् । युवा समुदायले आफ्नो होश सहितको उत्साह र जोशलाई देशको निमित्त उत्सर्ग गर्न तत्पर रहेमा अनेको दृष्कर तथा असम्भव ठानिने कार्यहरु पनि सजिलै पूरा हुन सक्दछन् ।

दिनप्रतिदिन विकराल बन्दै गैरहेको वातावरणीय समस्यालाई नियन्त्रण र निराकरण गर्नको निमित्त सर्वप्रथम चेतना जगाउनु पर्दछ । वातावरण सम्बन्धमा गरिने जनजागरण अभियान, समस्याहरूको उचित पहिचान गर्न नियन्त्रणका आधारहरूलाई व्यापक र प्रभावकारी रूपमा परिचालन गर्न जन समुदायलाई निर्देशित गर्नु पर्दछ । यस्ता कुरामा विशेष गरेर एक समुदाय लाई स्वतः स्फूर्त रूपमा हुन सघाउ पु-याउनु पर्दछ । एउटा असल व्यवस्थापक र कुशल संरक्षण वनी वातावरण संरक्षणको दिशामा एउटा भरभर्दो क्रान्ति कारी नेतृत्व दिन सक्नु पर्दछ । एउटा साधारण व्यक्तिले गर्ने काम देखि लिएर वातावरण संरक्षणमा एउटा संरक्षकले गर्ने कामसम्म सबै समेट्न सक्नुपर्दछ । जनताको सक्रिय सहयोग र सहभागितामा अभिवृद्धि गर्ने काममा प्रत्येक मानिसलाई परिचालन गर्नु पर्दछ । फोहर मैला ब्यवस्थापनमा श्रोत परि चालनमा, वृक्षारोपण र त्यसको संरक्षणमा जल तथा वायु प्रदुषणको नियन्त्रण गर्नका निमित्त युवावर्ग एक जुट भई वातावरण संरक्षणको चर्को नारा दिदै हिड्नुपर्दछ र साथै कुनै स्थानमा सरसफाई कार्य सञ्चालन गर्न सभा गोष्ठी समारोह आदि र यस्तै कार्य समय : समयमा सञ्चालन गर्नु पर्दछ त्यसै गरी वातावरणीय शिक्षालाई प्रचार प्रसार गर्ने वातावरण संरक्षणमा सबैको मनोबल र आत्मविश्वास वढाउने र सबैको व्यवहारिक र चारित्रिक सुधार गर्ने खालका कार्यक्रमहरूको समय-समयमा आयोजना गरी वातावरण संरक्षग मा सकारात्मक टेवा पु-याउनु पर्दछ वातावरणीय समस्या प्रति सबैको ध्या नाकर्षण गर्ने, त्यसको विश्लेषण गर्ने, तत्कालिन र दीर्घकालिन समाधान पत्ता लगाई प्रभावकारी रूपमा सञ्चालन गर्नु पर्दछ । त्यस्ता कठीन यज्ञमा आ आफ्नो शक्ति र क्षमताले भ्याएसम्म समयको चुनौतीलाई स्वीकारेर लागी परेमा वातावरण संरक्षणको सुनौलो सपना साकार हुनेछ

निष्कर्ष :

उपरोक्त विविध तत्थ्य सामु वातावरण प्रदुषण बढदै गएको र मानवीय समस्या उत्पन्न भएको कारण हामीले फेरी पनि यिनै गल्तीलाई दोह-याउनु हुन्न तसर्थ वातावरणीय समस्याहरूलाई बुझि यसलाई समयमा नौ हल गरी पृथ्वीलाई यस्तो विशाल संकटबाट बचाउने काम मानिस जातिको काधमा पर्न आएकोले प्रदुषण रोक्न र पर्वतीय सुन्दरता कायमै राख्न युवा वर्गलाई अघि सार्नु पर्ने कुरा पनि आजको लागि अत्यन्त जरुरी भैसकेको छ ।

First published by Rupandehi Campus in Sadhana वार्षिक मुखपत्र in 2000.

Leave A Reply

Your email address will not be published. Required fields are marked *