रुपन्देही क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न

By: Admin | Posted on: बैशाख ११, २०७३

मिति २०७३ वैशाख १० गते रुपन्देही क्याम्पसको रजत महोत्सवको अवसरमा अतिरिक्त क्रियाकलाप विभाग र विद्यार्थी सेलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्राध्यापक, कर्मचारी, विद्यार्थी र अभिभावक गरी २४ जनाले रक्तदान गर्नु भयो । यसै अवसरमा सि. न. पा. ९ निवासी ४० वर्षिय बामदेव अधिकारीबाट ४६ औं पटक रक्तदान गर्नु भयो । सो कार्यक्रममा क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिती थियो ।