बाल अधिकार – राम प्रसाद वराल
वाल अधिकार भन्नाले प्रत्येक बालवालिकाले यस धर्तीमा जन्म लिए पछि खान, वस्न लगाउन र पढन सक्ने उमेर पुगेपछि पढन पाउनु पर्छ भन्ने बुझिन्छ सन १६६० मा नेपालले यसलाई अनुमोदन गरेको हो ।
हाम्रो देशमा कैयौं वालवालिकाहरू यस्ता छन जो आफ्नो अधिकारवाट वञ्चित छन । बाल अधिकार ऐन २०४८ को दफा १७ अनुसार १४ (चौध) वर्ष भन्दा मुनिका बाल-बालिकालाई काममा लगाउन पाईदैन । हाम्रो देशमा अशिक्षित तथा गरिव वाबु आमाका छोरा-छोरीहरूले शिक्षित र धनी मानिस का छोरा छोराहरू सरह पढन पाएका छैनन् । गरिव वावु आमाका – छोरा-छोरीहरू शहर वजारमा माग्ने तथा फोहर टिप्ने खाते काम गर्न विवश छन । कति बाल-बालिकाहरू यस्ता छन जो उमेर नपुगो विभिन्न कल कारखाना तथा प्रायः गरेर गलैचा उद्योगमा काम गरिरहेका छन ।
भनिन्छ बाल-बालिकाको खोल्नु र तिनीहरूको अधिकारलाई हनन गर्नु हुदैन तर, बाल-बालिकाको अधिकारका वारेमा कुरा गर्दा सम्पन्न शिक्षित मानिसहरुवाट नौ यस्तो वाल अधिकारको शोषण गरेको पाईन्छ । यस्ता शिक्षित र सम्पन्न मानिसहरुले गरिव, अशिक्षित वाबु आमाका छोरा-छोरी – लाई आफ्नो घरमा लगेर खान, लगाउन दिने र पढन पनि पठाउने बाचामा लैजान्छन र त्यस्को विपरीत राम्रो संग खान पनि न दिई पढ्न जानवाट – वन्चित तुल्याउदछन कति मानिसहरू यस्ता छन जो आफ्नै घरमा काम गर्ने नाबालकहरु आफुले भनेको कुरा नमानेमा वा स-सानो विगार गरेमा मात्रै पनि कठोर यातना दिएको पाईन्छ । राजधानी जस्तो शहरमा पनि वितेका वर्षमा एउटा सत्य घटना घटेको थियो । जुन एक शिक्षित मानिसवाटै आफ्नो घरमा काम गर्न राजेको बालकलाई हातमा र खुट्टामा फलामे सिक्रीले वाधेर राखेका थिए । बाल-वालिकालाई त्यसरी यातना दिनु भनेको तिनीहरू ले पाएको आफ्नो अधिकार हनन र शोषण भएको हो ।
बाल अधिकारका बारेमा लागि परेका केही यस्ता व्यक्तिहरू छन जस्लेबाहिर – बाहिर बालअधिकारका बारेमा भाषण गर्ने तर ब्यवहारमा भने लागु नगर्ने गरेको पाईन्छ । यस्ता बाल-बालिकाको अधिकारलाई हनन नगर्ने हो भने तिनीहरूको अधिकारका बारेमा व्यवहारमा पनि लागु गर्नु पर्दछ । प्रत्येक वाल – बालिकाहरू बाच्न पाउनु पर्छ, खान लगाउन पाउनु पर्दछ, पढ्न पाउनु पर्दछ र साथ – साथै मनोरञ्जन पनि गर्न पाउनु पर्दछ ।
First published by Rupandehi Campus in Sadhana वार्षिक मुखपत्र in 2000 (2056 BS).