उच्च रक्तचाप नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
28 Chaitra, 2079
रूपन्देही क्याम्पस बि.एड. चौथो वर्षमा अध्यनरत विद्यार्थीहरूको आयोजनामा मायादेवी गाउँपालिका वडा नं ८ मतकाेलवामा उच्च रक्तचाप नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम विद्यार्थीहरूको अनुसन्धानमुलक कार्यको ज्ञान र व्यवहारसम्बन्धी नतिजाको आधारमा पृस्टपोषणको लागि गरिएको थियो ।
सम्झना आत्रेयको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा चोक बहादुर थापाको प्रमुख आतिथ्य रहेको थियो भने क्याम्पस प्रमुख लक्षमण ज्ञवाली, स्वास्थ्य कार्यालय प्रमुख भास्कर आत्रेय तथा स्वास्थ्य बिषयक प्राध्यापक बसन्तमणी पोखरेलको विशेष उपस्थिती रहेको थियो ।
सुनिता बि.क. को सन्चालन रहेको सो कार्यक्रममा जानकी चौधरीले स्वागत गर्नुभएको थियो भने ममता पौडेल र सुनिता बि.क. ले प्रस्तुतिकरण गर्नुभएको थियो । ५२ घरधुरीमा सर्भेक्षण गरिएकोमा १८ घरमा उच्च रक्तचापका बिरामी फेला परेका थिए । खानपान, जीवनशैली, निश्कृयता जस्ता कुराले मानिसमा उच्च रक्तचाप बढ्दै गएको हुँदा जीवनशैलीमा सुधार गर्दै यसबाट बच्ने प्रयास गरिनुपर्ने र मानिस सचेत हुनुपर्ने कुरा सर्भेक्षणको निश्कर्श रहेको छ ।