नयाँ विश्वास – खडक बहादुर चौधरी
छोरीको जात जन्मिन या घरमा
खुम्चियो आमा बाबुको नाक
साथी-सगिनीले बधाइ दिदा
ज्ञापन गरिदिन्छन पर जस्ता ठूला चोट।
न आमाको दोष, न बाबुको दोष
यो हो प्रकृतिको खेल
यिनीहरु बुझ्दैनन आपसको कुरा
गरिलिन्छन् आपसमा बेमेल
छोरी जन्मिदा गोठमा फाल्ने
छोरा जन्मिदा सिंहासनमा राख्ने
यस्तो त छ हाम्रो समाज
भोलि पो के होला ?
छोरी जन्मिदा ढिंडो खुवाउने
छोरा जन्मिदा घिउ नै खन्याउने
बुझ्दैनन् यो अन्धविश्वासलाई
शिक्षाको ज्योति फैलाउदैनन् तबसम्मलाई
छोरी भए जङ्गलमा लडेका काठपातहरु
सिकर्मीको हातमा परे भने अवश्य आकार पाउने
मूर्तिकारै पाए पनि कल्पना गरी देवता बनाउने
मन्दिरमा राखिदिए अजारौं मानिसबाट पुजिने
यस्तोमा विश्वास जगाउने कसरी
मन्छे छन् पटक्कै नबुझिने जसरी
के गर्दा हुन्छ यसको समाधान
शिक्षाको ज्योति सजाए हुन्छ महान्
छोरी जन्मिए धनै खन्याउने
छोरा जन्मिए बुहारीसँगै दाइजो ल्याउने
प्रथा छ यस्तो हाम्रो समाजमा
हे नयाँ युवा युवती यसको विरोधमा उठ ।
First Published by Rupandehi Campus in वार्षिक मुखपत्र साधना in 2059 BS.