हामी नेपाली – मधुसूदन खनाल
अधुरो यो जीवनमा
केही गरी देखाउनु छ
चोट लागेको मातृभूमिलाई
मलमपट्टी लगाउनु छ ।
पहिले कस्तो थियो हाम्रो देश
अहिले कस्तो भएको छ
किन आफ्नै दाजुभाइमा
लगाई-झगडा चलेको छ ।
कति सपना थियो हामी नेपालीको
विकसित देश बनाउनलाई
तर हाम्रा सबै सपनाहरु
अधुरामा नै बितेका छन् ।
बाउबाजेको सपना
सारा भताभुङ्ग लथालिङ्ग भएछ
पवित्र यो मातृभूमिमा
लडाई झगडा चलेको छ ।
त्यागिदिऊ हामी सबै नेपालीले
हत्या र हिंसा सधैं सधैंलाई
अबदेखि अगाडि बढौं
हामी देशको विकास गर्नलाई ।
First Published by Rupandehi Campus in वार्षिक मुखपत्र साधना in 2059 BS