सुन्दर नेपाल आमा – विनोद चौधरी ‘बिन्दु’
नेपाल आमा अति नै सुन्दर हिमाली काखमा
नेपालीलाई बास र गास दिइन् पहाडी पाखामा
यो चिसो हावा र चिसो पानीले जीवनदान दिने
दक्षिणको समथर मैदानले हामीलाई अन्नले भरिदिने
लाली गुराँस फूल फुल्छन् पहाडी वनैमा
डाँफे र मुनाल नाच्छन्, गाउँछन् हिमाली भिरैमा
यहाँका नदी र नालाहरु हिमाली, पहाडी र तराइमा रहेका
छङछङ गरी उत्तरदेखि दक्षिण भेक
उच्च हिमाल सगरमाथाले विश्वलाई हेर्दछ
पहाडबाट कलकल गरी झरना झर्दछ
नेपालआमा अति नै सुन्दर हिमाली काखमा
नेपालीलाई बासगास दिइन् चीन र भारतकै माझमा ।
First published by Rupandehi Campus in Sadhana वार्षिक मुखपत्र in 2003.